मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग पराजित
काठमाडाैं, जेठ २१ : आसन्न एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली टिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ। कतारको सुहिम बिन हामद...
काठमाडाैं, जेठ २१ : आसन्न एसियन कप छनोटको तयारीका लागि कतारमा रहेको नेपाली टिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ। कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल बलियोओमानसँग २–० ले पराजित भएको हो ।
नेपालविरुद्ध जित दिलाउन ओमानका लागि ओमार अल मलिकी र इशाम अल सुभीले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा सम्मभ भएको थियो ।
खेलाडी–प्रशिक्षक विवादपछि सिनियर ११ खेलाडीविनै कतार गएको नेपाली टिम यसअघि भएका दुई मैत्रीपूर्ण खेलमा बराबरीमा रोकिएको थियो। नेपाल इस्ट टिमोरको यू–२३ टिमसँग २–२ र श्रीलंकासँग १–१को बराबरीमा रोकिएको थियो।
नेपाली टिम कतारमा केही दिन प्रशिक्षण गरेर उतैबाट एसियन कप छनोट खेल्न कुवेत प्रस्थान गर्ने छ।
एसियन कप छनोटको समूह एमा नेपाल जोर्डन, कुवेत र इन्डोनेसियासँगै छ। छनोटमा नेपालले पहिलो खेल जोर्डनसँग जेठ २५ गते खेल्ने छ। त्यसपछि जेठ २८ गते कुवेतसँग खेल्नेछ भने अन्तिम खेल इन्डोनेसियासाग जेठ ३१ गते खेल्नेछ।











