Kathmandu Press

जातीय विभेद मानव सभ्यताको कलंक हो: राष्ट्रपति

काठमाडौं, जेठ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय छुवाछुत मानव सम्भयताकै कलंक भएको बताएकी छन्।जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा शनिबार शुभकामना...
जातीय विभेद मानव सभ्यताको कलंक हो: राष्ट्रपति

काठमाडौं, जेठ २१ : राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय छुवाछुत मानव सभ्यताकै कलंक भएको बताएकी छन्।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले जातीय विभेद हटाउन सबैले लाग्नुपर्ने बताएकी छन्। 'जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क हो। यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो,' राष्ट्रपति भण्डारीले भनेकी छन्।

यसको अन्त्यका लागि तीनै तहका सरकारले कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा राष्ट्रपतिले जोड दिएकी छन्। राष्ट्रपति भण्डारीले भनेकी छन्, 'हाम्रो समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन म स्थानीय तह‚ प्रदेश तथा संघीय सरकार‚ सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज‚ सामाजिक संघ संस्था र सञ्चारकर्मीहरूमा  हार्दिक आह्वान गर्दछु।'

त्यस्तै, राष्ट्रपति भण्डारीले पुरातन सोच, आर्थिक विषमता र न्यून चेतनाका कारण जातीय भेदभाव तथा छुवाछुत अझै अन्त्य हुन नसकेको बताएकी छिन्। सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन दिवसले सबैलाई अभिप्रेरित गर्ने उनको विश्वास छ।

२०६३ जेठ २१ गते सरकारले मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको थियो। त्यसैको सम्झनामा प्रत्येक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ मनाउने गरिन्छ।

प्रकाशित मिति: ०८:२९ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्