आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै
काठमाडौं, जेठ २१ : आज रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ।मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने प्रचलन रहेको छ। आज...
काठमाडौं, जेठ २१ : आज रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ।
मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने प्रचलन रहेको छ। आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाइने भएको हो।
लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखे पुर्याइएको थियो। तीन हप्तासम्म रथ तानिएको थियो। मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ।
भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ। आज भोटो देखाएसँगै मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइनेछ।
मच्छिन्द्रनाथको जात्राका क्रममा विभिन्न ठाउँमा रथ परिक्रमा गरिरहँदा जुन ठाउँमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मिठोमसिनो खुवाई जात्रा मनाउने गरिन्छ।
प्रकाशित मिति: ०७:२६ बजे, शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1787140035.png)
