Kathmandu Press

रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

रुकुम (पूर्व), जेठ २१ : रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको...
रुकुम पूर्वमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

रुकुम (पूर्व), जेठ २१ : रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।

सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ। सिस्ने गाउँपालिका–४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्र्याक्टरमा दुर्घटना भएको हो।

दुर्घटना हुँदा ट्रयाक्टरमा सवार दादीङकै १५ वर्षीय आकाश बुढा र ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम९पूर्व० का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए।

त्यस्तै, दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेको रुकुम (पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए।

चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ। ट्र्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ।

सडकदेखि तल पनि खसेको छैन तर दुई जनाको ज्यान गएको छ। ट्र्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको वा झर्ने बेलामा आत्तिएको हुनसक्ने प्रहरीको भनाइ छ। घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए। (रासस)

प्रकाशित मिति: ०६:४४ बजे, शनिबार, जेठ २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्