पञ्जाबी गायक मुसेवालाको हत्यारा खाेज्दै दिल्ली प्रहरी नेपालमा
काठमाडाैं, जेठ २० : पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल आएकाे छ। शुक्रबार मुसेवालाकोहत्यामा संलग्न...
काठमाडाैं, जेठ २० : पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल आएकाे छ। शुक्रबार मुसेवालाकोहत्यामा संलग्न व्यक्तिकाे खाेजीकाे लागि प्रहरी नेपाल आएकाे भारतीय सञ्चार माध्यमले जनाएकाे हाे।
मुसेवालाको हत्यामा संलग्न व्यक्तिकाे लागि बोलेरो कार उपलब्ध गराउने लाइ भने मंगलबार प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले फतेहबादको भिरडाना गाउँबाट मंगलबार दुई जनालाई पक्राउ गरेको हाे। उनीहरू पक्राउ परेकाे केही घण्टापछि दिल्लीको प्रहरी टोलीलाई नेपाल पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
स्रोतको हवाला दिँदै इन्डिया टुडेलगायत सञ्चार माध्यमले सिद्धू मुसेवालाको हत्यामा संलग्न हतियारधारीलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल पुगेको समाचार लेखेका छन्।
तर प्रहरीकाे टाेलीले नेपालको कुन क्षेत्रमा खाेजी गर्दै छ त प्रहरी कहाँ पुगेकाे छ भन्नेबारे जानकारी गराएकाे छैन।
पञ्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार मुसेवालाको हत्या भएको थियो।










-1787140035.png)
