राष्ट्रिय सभाबाट हद म्यादसम्बन्धी संकल्प प्रस्ताव स्वीकृत

काठमाडाैं, जेठ २० : राष्ट्रिय सभाबाट यौन अपराधविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।
नेपालमा बाल यौनजन्य कसुर तथा बलात्कारजस्तो जघन्य अपराध गर्ने प्रवृत्ति झनै बढेको भन्दै राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक र डा. विमला राई पौड्याल, विमला घिमिरे, गंगाकुमारी बेलवासे, प्रमिलाकुमारी, मदनकुमारी साह गरिमा, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखरकुमार सिंहले हदम्याद बढाउने प्रस्ताव राखेका थिए।
'हदम्यादकै कारण एकपछि अर्को बलात्कार पीडितका लागि न्यायको ढोका बन्द भएका थुप्रै घटना देखिएका छन्। यो भन्दा ठूलो विडम्वना के हुनसक्छ ? मुलुकको अस्मिताको नै प्रश्न आइरहेको आजको आवश्यकतामा हदम्यादको व्यवस्थाका सम्बन्धमा अन्य मुलुकहरुको अभ्यास हेर्दापनि दर्जनौं मुलुकमा हदम्याद छैन । बालबालिकाको हकमा हदम्याद नै नबनाउँ' पन्तले भनिन्।
राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले अपराधीलाई सजाय जन्मकैदसम्म हुनसक्ने तर उजुरी एक वर्षसभत्र नदिए नलाग्ने भन्ने कानूनी व्यवस्था उचित नरहेको भन्दै कानूनको सुधार गर्न आवश्यक रहेको बताए।
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले बलात्कारसम्बन्धी सजायमा पुनरावलोकन जरुरी रहेको बताइन्।










-1787140035.png)
