कञ्चनपुरको स्थानीय तहमा बजेट : कृष्णपुरलाई ४४ करोड, कुन पालिकालाई कति ?
काठमाडौं, जेठ २० : सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका ९ स्थानीय तहलाई संघीय सरकारले बजेट पठाएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि कुल...
काठमाडौं, जेठ २० : सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाका ९ स्थानीय तहलाई संघीय सरकारले बजेट पठाएको छ । आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि कुल ३ अर्ब ९८ करोड ९३ लाख बजेट पठाएको छ ।
कुल बजेटमध्ये चालु खर्चका लागि ३ अर्ब ४९ करोड ७३ लाख र पुँजीगततर्फ ४९ करोड २० लाख विनियोजन गरिएको छ।
संघीय सरकारले कञ्चनपुरका ७ नगरपालिकाका लागि ३ अर्ब ४० करोड ४५ लाख र दुई गाउँपालिकाका लागि ५८ करोड४८ लाख बजेट पठाएको छ।
जिल्लाका ९ वटै स्थानीय तहमध्य सबैभन्दा बढी बजेट भिमदत्त नगरपालिकाले पाएको छ भने सबैभन्दा कम बेलडाँडी गाउँपालिकाले पाएको छ । भिमदत्तले ७७ करोड ९८ लाख बजेट पाउँदा बेलडाँडीले २८ करोड १ लाख पाएको छ।
कुन स्थानीय तहलाई कति बजेट ?
१. कृष्णपुर नगरपालिका : ४४ करोड ६१ लाख
२. पुनर्वास नगरपालिका : ४६ करोड १८ लाख
३. बेदकोट नगरपालिका : ४७ करोड ९० लाख
४. बेलौरी नगरपालिका : ४८ करोड ६२ लाख
५. भिमदत्त नगरपालिका : ७७ करोड ९८ लाख
६. चाँदनी–दोधारा नगरपालिका : ३४ करोड ८४ लाख
७. शुक्लाफाँट नगरपालिका : ४० करोड ३२ लाख
८. बेलडाँडी गाउँपालिका : २८ करोड १ लाख
९. लालझाडी गाउँपालिका : ३० करोड ४७ लाख










-1787140035.png)
