वाम एकता देशको आवश्यकता भए पनि मूल नेताहरू नै एकताकाे पक्षमा छैनन् : खनाल
काठमाडौं, जेठ २० : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेताहरू नै...
काठमाडौं, जेठ २० : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेताहरू नै एकताको पक्षमा नरहेको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा भाग लिन आज (शुक्रबार) नयाँ बानेश्वस्थित संसद भवन पुगेका खनालले पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘देशको आवश्यकता वाम एकता हो तर आफूलाई वामपन्थी आन्दोलनका मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन्। नेताहरूले एकताको आवश्यकता किन हो र यसको ऐतिहासिकता के हो भन्ने कुरा नबुझेसम्म वामपन्थी एकता सम्भव हुन्न।’
उनले बजेटमाथि छलफल भइरहेको बेलामा सांसदको उपस्थिति कम हुनु राम्रो नभएको बताए।
‘संसदप्रति उपेक्षा गरिनु राम्रो होइन। यो राजनीतिक पार्टीहरूले र स्वयं सांसदहरूले संसदलाई कसरी हेर्नुहुन्छ? त्यसको महत्वलाई कसरी बुझ्नुहुन्छ? त्यहाँ हुने बहस, छलफल र आफैले पनि त्यसमा सहभागी हुने कुराको महत्वलाई कत्तिको गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने कुरामा निर्भर गर्छ,’ उनले भने, ‘संसदलाई उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणाम ल्याउन सक्छ।’










-1787140035.png)
