Kathmandu Press

पार्टी विभाजन गरेर गएका नेताहरुलाई सच्चिएर पार्टीमा फर्किन विप्लवकाे आह्वान

काठमाडाैं, जेठ २० : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पार्टी विभाजन गरेर गएका नेताहरुलाई सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका छन्।८औं...
पार्टी विभाजन गरेर गएका नेताहरुलाई सच्चिएर पार्टीमा फर्किन विप्लवकाे आह्वान

काठमाडाैं, जेठ २० : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पार्टी विभाजन गरेर गएका नेताहरुलाई सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका छन्।

८औं केन्द्रीय समितिका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले आत्मसमीक्षा गर्दै सच्चिएर पुरानै पार्टीमा फर्किन आह्वान गरेका हुन्।

पार्टीभित्र रुढीवादी, जडसुत्रवादी, बुर्जुवा अराजकतावादी र फुटवादी विचलन देखा परेको आरोप लगाउँदै उनले पार्टी विभाजनअघि केहि नेताहरूमा आर्थिक, संगठनात्मक, राजनैतिक विकृतिहरू देखिन थालेको उल्लेख गरे।

त्यस्तै उहाले माओवादी केन्द्रले पनि एकताको कुरा गरिरहेको भन्दै सुध्रिएर आए एकता हुनसक्ने धारणा राखे।

महासचिव चन्दले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए। विप्लवले पुँजीवादको विश्वबाट उन्मूलन, वैज्ञानिक साम्राज्यवादको निर्माण अहिलको आवश्यकता रहेको र नेपालको सत्तालाई पनि जनताको सत्ताको रुपमा बदल्नु आवश्यक रहेको तर्क गरे।

त्यस्तै उहाले सरकारले एमसीसी सम्झौता अनुमोदन गरेपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको बताए। विप्लवले पार्टीलाई एकतावद्ध गर्न १ देखि ८ असोजसम्म नवौँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए। महाधिवेशनले पार्टीमा देखिएको सम्पूर्ण भ्रम चिर्ने उनले दाबी गरे।

त्यस्तै नेकपाले ५ भदौसम्म वडा र पालिका सम्मेलन तथा १५ भदौसम्म जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ। 

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्