Kathmandu Press

बारामा करेन्ट लागेर महिलाको मृत्यु

बारा, जेठ २० : बाराको कलैया उपमहानगरपालिका–२३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा...
बारामा करेन्ट लागेर महिलाको मृत्यु

बारा, जेठ २० : बाराको कलैया उपमहानगरपालिका–२३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। 

आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए। 

Hardik ivf

मृत्यु भएकी महिला सोही स्थान बस्ने रामविनय साहकी श्रीमती रहेको प्रहरीले बताएको छ। मृत्यु हुने महिला ३५ वर्षीया प्रभादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। 

करेन्ट लागेर गम्भीर घाइते भएकी साहको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, जेठ २०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्