Kathmandu Press

एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने बालेनकाे आश्वासन

काठमाडौं, जेठ २० : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।सिसडोलवासीसँगको वार्ताका क्रममा फोहोरमा केमिकल प्रयोग...
एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने बालेनकाे आश्वासन

काठमाडौं, जेठ २० : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एक साताभित्र सिसडोललाई दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन्।

सिसडोलवासीसँगको वार्ताका क्रममा फोहोरमा केमिकल प्रयोग गरी दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्। मेयर साह र उपमेयर सुनिता डंगोलसहितको टोली आज (शुक्रबार) काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गर्न पुगेका बेला सिसडोलवासीसँग वार्ता भएको थियो।

सिसडोलका बासिन्दाले मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन गर्न माग गरेका थिए। आगामी दिनमा विगतमा जस्तै स्थानीयवासीको मागलाई बेवास्ता गरी अगाडि बढे थप समस्या सिर्जना हुने भन्दै ककनी गाउँपालिका-३ का अध्यक्ष घननाथ बजगाईंले समयमै माग सम्बोधन गर्न कामपालई आग्रह गरे।

साे क्रममा मेयर बालेनले फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना महानगरले अघि सार्ने पनि उनले बताए। यसका लागि तीन–चार महिना लाग्नसक्ने उनको भनाइ थियो।

‘एक सातामा दुर्गन्धमुक्त हुनेगरी केमिकलको व्यवस्था गर्छौं। कुहिने र नकुहिने फोहोर छुट्याएर मल र ग्याँस बनाउन सुरु गरिनेछ,’ बालेनले भने, ‘त्यसका लागि जनचेतना जगाउने काम पनि गर्छौं।’ 

आफ्ना मागहरू पूरा नभएको भन्दै सिसडोलबासी बेलाबेलामा आन्दोलित हुँदै आएका छन्। बालेनले फोहोर व्यवस्थापनमा रोक नलगाई सहजीकरण गरिदिन पनि सिसडोलवासीसँग आग्रह गरे।

स्थानीयवासीको अवरोधका कारण सात दिनयता काठमाडौँ उपत्यकाको फोहर उठाउन नसक्दा सडक छेउछाउमा थुपारिएको फोहाेरले दुर्गन्ध फैलिसकेको छ।

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्