गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न महामन्त्री शर्माकाे आग्रह
काठमाडाैं, जेठ २० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन्।शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा...
काठमाडाैं, जेठ २० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन्।
शुक्रबार भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट बिजयीहरुलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले चुनावमा तालमेल प्रभावकारी भएको भन्दै आशंका नगर्न आग्रह गरेका हुन्।
उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जित हासिल गरेको तर्क गरे।
शर्माले सवै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको जिकिर गरे। उनले स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए।
उनले मुलुकको बिकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै पाँच बर्षको कार्यकालको सहि रुपमा उपयोग गर्न पनि निर्देशन दिए।
प्रकाशित मिति: १४:२१ बजे, शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1787140035.png)
