Kathmandu Press

‘सरकारका आवश्यकता पूरा गर्न पेट्रोलियम पदार्थमा कर लगाउने प्रवृत्ति विगतदेखि नै गलत’

काठमाडौं, जेठ २० : कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले सरकारले आफ्नो आवश्यकता पूरा गर्न पेट्रोलियम पदार्थमा कर लगाउने प्रवृत्ति गलत रहेको बताएका छन्। एमाले...
‘सरकारका आवश्यकता पूरा गर्न पेट्रोलियम पदार्थमा कर लगाउने प्रवृत्ति विगतदेखि नै गलत’

काठमाडौं, जेठ २० : कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले सरकारले आफ्नो आवश्यकता पूरा गर्न पेट्रोलियम पदार्थमा कर लगाउने प्रवृत्ति गलत रहेको बताएका छन्। 

एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै उनले पेट्रोलियम पदार्थमा विभिन्न नाममा कर लगाएर सरकारले आफ्ना आवश्यकता पूरा गर्ने प्रवृत्ति विगतदेखि हुँदै आएको उनले बताए।

सुरुमा डिजेल र पेट्रोलमा एक रुपैयाँ कर लगाउनु उपयुक्त भए पनि विभिन्न सरकारले ती वस्तुमा कर बढाउँदै जाँदा समस्या आएको तर्क गरे। ‘पहिले पेट्रोल र डिजेलमा सडक निर्माणका लागि कर लगाउनु ठिकै थियो। पछि बूढीगण्डकीका नाममा पूर्वाधार कर भन्दै १० रुपैयाँ उठाउन थालियो,’ उनले भने, ‘सरकारलाई पैसा चाहियो पेट्रोलियम पदार्थमै कर लगाउने कुरा एकदम गलत छ।’ 

उनले पेट्रोलियम पदार्थ भाउ घटाउँदैमा महँगी नियन्त्रण नहुने बताउँदै मूल्य व्यवस्थानका लागि अरू काम गर्नुपर्नेमा जोड दिए। उनले नेपाल र भारततर्फ पेट्रोलियम पदार्थको मूल्य फरक हुन नहुने अन्यथा कालोबजारी बढ्ने उनले बताए। 

पेट्रोलियम पदार्थ अन्तर्राष्ट्रिय बजारको विषय भएकाले त्यसभन्दा बाहेक अन्य सहुलियत जनतालाई पालिका र वडाबाट घरघरमा जनतालाइृ दिन सकिने उनको भनाइ थियो। महँगीजस्तो रोग एकातिर छ, त्यसको निवमरणका लागि पेटा«ोलियम पदार्थमै निर्भर हुने प्रवृत्तिको उनले विरोध गरे।  

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्