Kathmandu Press

मूल्यवृद्धिप्रति गम्भीर बन्न सरकारलाई सांसद संग्रौलाकाे आग्रह

काठमाडाैं, जेठ २० : कांग्रेस संसाद डा. डिला संग्रौलाले मूल्यवृद्धिप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेकी छन्।प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस...
मूल्यवृद्धिप्रति गम्भीर बन्न सरकारलाई सांसद संग्रौलाकाे आग्रह

काठमाडाैं, जेठ २० : कांग्रेस संसाद डा. डिला संग्रौलाले मूल्यवृद्धिप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेकी छन्।

प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै उनले पेट्रोलियम पदार्थ, खाद्यान्नलगायतमा भएको महँगीले जनता मारमा परेको, असहाय गरिब र विपन्न वर्गलाई जिउन नै गाह्रो अवस्था आएको भन्दै मूल्यवृद्धिप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेकी हुन्।

संयुक्त राष्ट्रसंघले १० वर्षको अन्तरालमा खाद्यपदार्थको मूल्य विश्वमै उच्च भएको बताएकाे, रुस–युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको, अन्तर्राष्ट्रिय बजारमा ऊर्जा र खाद्यान्नमा संकटहरू देखापर्न थालेका विश्वका अधिकांश देशमा मुद्रास्फीति दर बढ्दै गएको उनले बताइन्।

युक्रेनबाट नेपालमा पनि कच्चा खाने तेल, खाद्यान्न, पेट्रोलियम पदार्थलगायत वस्तु आयात हुने र त्यहाँ भइरहेको युद्धले नेपाललाई पनि प्रभाव पारेको उनले बताइन्। ‘त्यसकारण ऊर्जा र खाद्यान्नमा संकट विश्वव्यापी रुपमा छ। अब यसलाई कसरी नियन्त्रणमा ल्याउने भनेर सरकारको ध्यान जानुपर्छ,’ उनले भनिन्, ‘वैकल्पिक ऊर्जातर्फ अब हाम्रो ध्यान जानु जरुरी छ।’

पेट्रोलियम पदार्थ र खाद्यान्न मूल्यवृद्धिले नेपाली जनता मर्माहित भइरहेका कारण त्यसको प्रभाव उद्योगधन्दामा पनि परेको उनले स्पष्ट पारिन्। ‘अब आयात घटाएर स्वदेशी उत्पादन वृद्धि गर्नुपर्छ, त्यसका लागि कृषिमा बढी ध्यान दिनसप¥यो। कृषि उपकरणमा ध्यान दिनुपर्‍यो। उत्पादित वस्तुको वर्गीकरण गर्नुपर्‍यो। यसो गरिएन भने खाद्यान्न संकटको विकराल अवस्था आउन सक्छ। त्यस्तो अवस्था आउन निदन सरकारले सब्सिडी दिनुपर्छ।’

उनले पेट्रोलियम पदार्थमा १० रुपैयाँ मूल्य घटाएकोमा सरिकारलाई धन्यवाद दिइन्। यसबाट जनतालाई केही राहत महसुुस भएको उनले बताइन्।

मूल्यवृद्धि छानबिनका लागि शक्तिशाली संसदीय समितिे, आयाल निगमलाई निजीकरण, कमिसनको खेलबारे कुरा उठेको उल्लेख गर्दै डा. संग्रौलाले यसअघिको सरकार काण्डैकाण्डबाट गुज्रिएको आरोप लगाइन्। आरोपमाथि आरोप लगाउने प्रवृत्ति अन्त्य गरी महँगीको मारमा रहेका जनताका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव महत्वपूर्ण रहेको उनले बताइन्।      

        

 

प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्