Kathmandu Press

फेरि उकालो लाग्यो सुन, प्रतितोला ७ सय रुपैयाँले बढ्यो

काठमाडाैं, कात्तिक १५ :  निकै उतारचढावबीच कारोबार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ।

नेपाल स....

फेरि उकालो लाग्यो सुन, प्रतितोला ७ सय रुपैयाँले बढ्यो
फाइल

काठमाडाैं, कात्तिक १५ :  निकै उतारचढावबीच कारोबार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले वृद्धि भएको छ।

छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २०० रूपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। बिहीबार छापावाला सुन ७० हजार ५०० रूपैयाँमा खरीद बिक्री भएको थियो। 

त्यसैगरी तेजाबी सुनको मूल्य पनि ७ सय रूपैयाँले वृद्धि भएर प्रतितोला ७० हजार ९०० रूपैयाँ कायम भएको छ। शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार २०० मा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि १० रूपैयाँले वृद्धि भएर प्रतितोला ८ सय ७० रुपैयाँ पुगेको छ। 

पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ। कात्तिक १ गते छापावाला सुन प्रतितोला ७० हजार ६०० र तेजाबी सुन ७० हजार ३०० मा खरीद बिक्री भएको थियो। 

प्रकाशित मिति: १६:४९ बजे, शुक्रबार, कात्तिक १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्