Kathmandu Press

‘पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको दोष सरकारमाथि थोपर्नु उचित हुँदैन’

काठमाडौं, जेठ २० : नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको दोष सरकारमाथि लगाउनु उचित नहुने बताए। शुक्रबार एमाले  संसदीय दलका प्रमुख सचेतक विशाल...
‘पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको दोष सरकारमाथि थोपर्नु उचित हुँदैन’

काठमाडौं, जेठ २० : नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको दोष सरकारमाथि लगाउनु उचित नहुने बताए। 

शुक्रबार एमाले  संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले संसदमा पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै विश्वकर्माले मूल्यवृद्धिको उपाय खोज्ने क्रममा सरकारमाथि दोषारोपण गर्नु उचित नहुने बताएका हुन्।

‘२०७४ फागुन ३ पेट्रोल ९३ र डिजेल ७३ रुपैयाँ थियो। ग्याँसमा आजभन्दा ५ सय रुपैयाँ कम थियो। त्यतिबेला हप्ताहप्ता र दिनैपिछे मूल्यवृद्धि हुँदा पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेलको मूल्य १०३ रुपैयाँसम्म पुगेको थियो,’ उनले भने।  

उनले नेपाल आयल निगमको आफ्नै स्वायत्त व्यवस्थापनले अटोमेसन (आफै मूल्य निर्धारण गर्ने पद्धती)का कारणले मूल्यवृद्धि भएको बताए । ‘यसो भनेर म उम्किन खोजेको होइन, तर मूल्यवृद्धि हुनुको कारण र त्यसको समाधानमा वृहत छलफल आवश्यक छ,’ उनले भने। 

विश्वकर्माले इन्धनको मूल्यवृद्धिका कारण मारमा परेका जनतालाई इन्डक्सन चुलो वितरण गर्न सकिने विकल्प पनि प्रस्तुत गरेका छन् । त्यस्तै चुहावट नियन्त्रण पनि अर्को उपाय हुने उनको धारणा छ। 

एमाले सांसद शेरबहादुर तामाङले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रणका लागि भारतबाट मात्र नभई चीनबाट केरूङ्ग नाकाबाट पनि पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बताएका थिए । तामाङको प्रस्तावको जवाफ दिँदै विश्वकर्माले पेट्रोलियम पदार्थ भारतको तुलनामा चीनमा अझै महंगो भएको बताए।  
 

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्