Kathmandu Press

अब चीनको केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्नुपर्छ : शेरबहादुर तामाङ

काठमाडौं, जेठ २० : एमाले सांसद शेरबहादुर तामाङले चीनको केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने सुझाव दिएका छन्।प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा...
अब चीनको केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्नुपर्छ : शेरबहादुर तामाङ

काठमाडौं, जेठ २० : एमाले सांसद शेरबहादुर तामाङले चीनको केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थनमा बोल्दै उनले केरुङबाट पाइपलाइन बिछ्याएर त्रिशूलीमा  पेट्रोलियम पदार्थ स्टोरेज गरे मूल्य घट्ने विश्वास व्यक्त गरे।

‘चीनको केरुङबाट पेट्रोलियम आयात गरौं। केरुङबाट त्रिशूली ओरालो नै पर्छ। पाइपलाइन बिछ्याएर त्रिशूलीमा स्टोरेज निर्माण गरौं,’ उनले भने, ‘त्यसो गरियो भने पेट्रोलियम पदार्थको मूल्य घट्नेछ। मूल्यवृद्धि नियन्त्रणमा आउनेछ।’

उनले नाकाबन्दीपछि पनि भारतीय आयल निगमकै एकाधिकार स्विकार्नु ठुलो कमजोरी भएको पनि बताए।

उनले ओपेकलगायत तेल निर्यातक राष्ट्रले भूपरिवेष्ठित राष्ट्रलाई सहुलियत दिने भनेकाले सरकारको ध्यान त्यतातिर जानुपर्नेमा उनले जोड दिए। यसो गर्दा पेट्रोलियम पदार्थ एक तिहाइसम्म सस्तो हुने दाबी उनले गरे।

रक्सौलसम्म पाइपलाइन बिछ्याउँदा बचत हुन आएको ढुवानी खर्चबारे पनि उनले प्रश्न उठाए।  

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्