‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा भ्रष्टाचारको गन्ध आएको छ’
काठमाडौं, जेठ २० : नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा भ्रष्टाचारको गन्ध आएको बताएका छन्। नेकपा एमालेको उपभोक्ता हित तथा संरक्षण सुशासन विभागका...
काठमाडौं, जेठ २० : नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा भ्रष्टाचारको गन्ध आएको बताएका छन्।
नेकपा एमालेको उपभोक्ता हित तथा संरक्षण सुशासन विभागका प्रमुख समेत रहेका सुनुवारले शुक्रबार संसदमा बोल्दै सरकारले जनताले मत दिएको दुई दिनमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर अनैतिक काम गरेको आरोप लगाएर।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजन गर्न २०७१ मा सरकार आफैले बनाएको कार्यविधि विपरित सातामै दुईपटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको सुनुवारले बताए।
उक्त कार्यविधिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजनको निर्णय १५÷१५ दिनमा गर्न सकिने प्रावधान रहेकामा सरकारले आफ्नै कार्यविधिको तिरस्कार गरेको आरोप लगाए।
उनले बालुवाटार र मन्त्रिनिवासले मूल्यवृद्धिको पूर्वसूचना पाउने र आफ्ना आसेपासेलाई राताराता डिपो रित्याएर इन्धन आपूर्ति गर्ने र त्यसको एक मिनेटमा मूल्य वृद्धिको सूचना आउने गरेको समेत उनको आरोप छ।
नेपाली राजनीतिमा बतास ग्रुप र विशाल ग्रुपको चर्चा आउने गरेको र पेट्रोलियम पदार्थमा विशाल ग्रुपको चर्चा सुनिएकाले छानविनका लागि संसदीय समिति बनाउन समेत आग्रह गरे।










-1787140035.png)
