मूल्यवृद्धिको छानबिन गर्न शक्तिशाली संसदीय समिति गठन आवश्यक : गणेश पहाडी
काठमाडौं, जेठ २० : एमाले सांसद गणेश पहाडीले मूल्यवृद्धिको छानबिन गर्न माग गरेका छन्।एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गरेको जरुरी सार्वजनिक...
काठमाडौं, जेठ २० : एमाले सांसद गणेश पहाडीले मूल्यवृद्धिको छानबिन गर्न माग गरेका छन्।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले संसदमा पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई समर्थन गर्दै उनले मूल्यवृद्धिको छानबिन तथा अध्ययनका लागि शक्तिशाली संसदीय समिति गठन गर्न माग अघि सारेका हुन्।
बजार अनुगमन नगर्दा खाद्य र गैरखाद्य वस्तुको मूल्य ह्वात्तै बढेको उल्लेख गर्दै उनले भने, ‘मूल्यवृद्धि घटाउनु जरुरी छ। पेट्रोलियम पदार्थका साथै खाद्य र गैरखाद्य वस्तुको मूल्यवृद्धिको अध्ययनका लागि शक्तिशाली संसदीय समिति गठन गर्न माग गर्छु।’
आयल निगमको प्रतिस्पर्धी संस्थाका रूपमा निजी क्षेत्र ल्याएर केही कमिसन लिएको र केही कमिसन लिन बाँकी रहेको भन्ने चर्चा रहेको भन्दै उनले त्यसको छानबिनका लागि संसदीय समिति गठन आवश्यक रहेको बताए।
‘अहिले मूल्य वृद्धि गर्नु छ भने रातारात पेट्रोल पम्म खालि गरी ट्याङकरबाट तेल झारिन्छ, त्यसपछि मूल्य बढ्ने र कमिसनको खेल हुने हल्ला छ, यसको छानबिन हुनुपर्छ,’ पहाडीले भने।










-1787140035.png)
