प्रतिनिधि सभा बैठक सुरु
काठमाडौं, जेठ २० : प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान ११ बजेबाट बैठक सुरु भएको...
काठमाडौं, जेठ २० : प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो।
आजको प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने छन् ।
मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।
एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका छन्।
प्रकाशित मिति: ११:१६ बजे, शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1787140035.png)
