Kathmandu Press

माओवादीलाई पहिलो पार्टी बनाउने योजनासहित सक्रिय हुन प्रचण्डको निर्देशन 

भेटघाटको क्रममा प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले अपेक्षित परिणाम ल्याउन नसकेको बताउँदै आगामी निर्वाचनमा थप सक्रियताका साथ लाग्न निर्देशन दिएका हुन्। 
माओवादीलाई पहिलो पार्टी बनाउने योजनासहित सक्रिय हुन प्रचण्डको निर्देशन 

काठमाडौं, जेठ २० : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संघीय निर्वाचनबाट पार्टीलाई पहिलो शक्ति बनाउने योजनाका साथ सक्रिय हुन नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन्। 

दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागि हुन काठमाडौं आएका कर्णालीका जनप्रतिनिधिहरु शुक्रबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

भेटघाटको क्रममा प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले अपेक्षित परिणाम ल्याउन नसकेको बताउँदै आगामी निर्वाचनमा थप सक्रियताका साथ लाग्न निर्देशन दिएका हुन्। 

प्रचण्डले कर्णालीमा पनि माओवादी केन्द्रले अपेक्षाकृत परिणाम नआएको बताउँदै योजनावद्ध ढंगले अगाडि बढ्न निर्देशन दिएका हुन्। कर्णाली प्रदेशका पालिकामा विजयी जनप्रतिनिधिहरुले शुक्रबार नै माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरेका छन्। 

प्रकाशित मिति: १०:४२ बजे, शुक्रबार, जेठ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्