यूईएफए नेसन्स लिग : स्पेन र पोर्चुगलको बराबरीमा
काठमाडौं, जेठ २० : यूईएफए नेसन्स लिग समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । एक गोलले पछि परेको अवस्थामा रिकार्डो...
काठमाडौं, जेठ २० : यूईएफए नेसन्स लिग समूह ‘बी’ को खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् ।
एक गोलले पछि परेको अवस्थामा रिकार्डो होर्टाले गोल गरेपछि पोर्चुगल र स्पेन बराबरी खेलेका हुन् । गएराति भएको खेलमा अल्भारो मोराटाले खेलको २५ औँ मिनेटमा गोल गरेका थिए ।
तर स्पेनले अग्रता जोगाउन सकेन । पोर्चुगलका होर्टाले खेलको ८२ औँ मिनेटमा बराबरी गोल फर्काए । बराबरीपछि लिग ए समूह ‘बी’ मा दुवै टोलीले समान एक एक अङ्क जोडेका छन् । गोल अन्तरका आधारमा पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा छ ।
यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्विट्जरल्यान्डलाई २–१ ले पराजित गरेको छ । चेक रिपब्लिक समूहमा ३ अङ्क जोडेर शीर्षस्थानमा छ । अङ्कविहीन स्विट्जरल्यान्ड पुछारमा छ ।
प्रकाशित मिति: ०८:०८ बजे, शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











