देशका अधिकाँश स्थानमा बर्षाको सम्भावना

काठमाडौं, जेठ २० : जल तथा मौसम पूर्वानुमान महाशाखाले मौसममा सुधार आउन अझै केही दिन लाग्ने जनाएको छ ।
विभागकाअनुसार आज (शुक्रबार) बिहानैदेखि प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ ।
महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थान र मधेश प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
राति प्रदेश १ का थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा वर्षाको सम्भावना छ ।
नेपालमा हाल स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको विभागको भनाइ छ ।










-1787140035.png)
