मधेस प्रदेशमा जेठ २२ गते नीति कार्यक्रम पेस हुने
जनकपुरधाम, जेठ १९ : मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ। नीति तथा...
जनकपुरधाम, जेठ १९ : मधेस सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ। नीति तथा कार्यक्रम ल्याउन जेठ २२ गते आइतबार दिउँसो ४ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।
आज बसेको प्रदेशसभा बैठकमा सभामुख सरोजकुमार यादवले आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गर्ने जानकारी गराए। उनले नीति तथा कार्यक्रम प्रस्तुत हुने दिन आआफ्नो वेशभूषामा सहभागी हुन प्रदेशसभा सदस्यलाई आग्रह गरे।
प्रकाशित मिति: २०:३५ बजे, बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1787140035.png)