लिटरमा १० रुपैयाँ घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो ।
काठमाडौं, जेठ १९ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।
अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको निगमले जनाएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

प्रकाशित मिति: २०:३३ बजे, बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1787140035.png)