स्याङ्जाका स्थानीय तहमा बजेट : सबैभन्दा बढी पुतलीबजारलाई, अन्यलाई कति ?
काठमाडौं, जेठ १९ : आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले स्याङ्जा जिल्लाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ...
काठमाडौं, जेठ १९ : आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले स्याङ्जा जिल्लाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख विनियोजन गरेको छ भने ६ गाउँपालिकाको लागि १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरेको हो । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार नगरपालिकालाई ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कम भीरकोट नगरपालिकालाई ३९ करोड ७३ लाख विनियोजन गरिएको छ ।
यस्तै गल्याङ नगरपालिकालाई ५५ करोड ३२ लाख, चापाकोट नगरपालिकालाई ४९ करोड ४२ लाख र वालिङ नगरपालिकालाई ६२ करोड ५७ लाख बजेट विनियोजन गरेको छ । यस्तै ६ गाउँपालिका अन्तर्गत सबैभन्दा बढी कालीगण्डकी गाउँपालिकामा ३८ करोड ४० लाख र कम अर्जुनचौपारी गाउँपालिकालाई ३० करोड ४९ लाख विनियोजन गरिएको छ ।
यस्तै अन्य गाउँपालिका अन्तर्गत आँधिखोलामा ३५ करोड ३६ लाख, कालीगण्डकीमा ३८ करोड ४० लाख, फेदीखोलामा २७ करोड ६१ लाख, विरुवामा ३३ करोड ६० लाख, हरिनासमा ३० करोड ६१ लाख बजेट छुट्याईएको छ ।












-1787140035.png)