सिन्धुलीकाे तीनपाटनलाई ५३ करोड ६७ लाख बजेट, अरू पालिकालाई कति ?
काठमाडौं, जेठ १९ : आर्थिक वर्ष २०७९ ८० का लागि संघीय सरकारले सिन्धुली जिल्लाका स्थानीय तहलाई ३ अर्ब ८५ करोड ७० लाख बजेट पठाएको...
काठमाडौं, जेठ १९ : आर्थिक वर्ष २०७९ ८० का लागि संघीय सरकारले सिन्धुली जिल्लाका स्थानीय तहलाई ३ अर्ब ८५ करोड ७० लाख बजेट पठाएको छ।
दुई नगरपालिका र सात गाउँपालिकाका लागि संघले पठाएको बजेटमध्ये वित्तीय ससर्त अनुदानतर्फ २ अर्ब ५४ करोड ५८ लाख,वित्तीय समानीकरण अनुदानतर्फ १ अर्ब ८ करोड ६२ लाख, विशेष अनुदान अन्तर्गत १३ करोड ७५ लाख र समपुरक अनुदान अन्तर्गत ८ करोड ७५ गरी कुल ३ अर्ब ८५ करोड ७० लाख बजेट धादिङका स्थानीय तहलाई पठाइएको हो।
कुल बजेटमध्ये चालुतर्फ ३ अर्ब ४९ करोड ५६ लाख र पुँजीगततर्फ ३६ करोड १४ लाख छुट्याइएको छ।
जिल्लाका दुई नगरपालिकाका लागि मात्रै १ अर्ब ३८ करोड ८३ लाख पाएका छन्। त्यसमध्ये कमलामाई नगरपालिकाले ७५ करोड ४९ लाख बजेट पाएको छ भने दुधौली नगरपालिकाले ६३ करोड ३४ लाख पाएको छ।
सात गाउँपालिकाका लागि २ अर्ब ४६ करोड ८७ लाख वनियाेजन गरएिको छ। गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट तीनपाटन गाउँपालिकाले पाएको छ। यस गाउँपालिकाका लागि संघीय सरकारले ५३ करोड ६७ लाख बजेट पठाएको छ।
त्यस्तै सबैभन्दा कम घ्याङलेख गाउँपालिकाले पाएको छ। यस गाउँपालिकाका लागि संघले २२ करोड ७४ लाख बजेट विनियोजन गरेको छ।
कुन स्थानीय तहलाई कति बजेट ?
१. कमलामाई नगरपालिका ७५ करोड ४९ लाख
२. दुधौली नगरपालिका ६३ करोड ३४ लाख
३. गोलन्जोर गाउँपालिका ३३ करोड ६६ लाख
४. घ्याङलेख गाउँपालिका २२ करोड ७४ लाख
५. तीनपाटन गाउँपालिका ५३ करोड ६७ लाख
६. फिक्कल गाउँपालिका ३२ करोड ८६ लाख
७. मरिण गाउँपालिका ३३ करोड ५४ लाख
८. सुनकोसी गाउँपालिका ३८ करोड ३३ लाख
९ हरिहरपुरगढी गाउँपालिका ३२ करोड ७ लाख











-1787140035.png)