‘भूमि संरक्षणमा ध्यान दिनुपर्छ’
काठमाडाैं, जेठ १९ : सांसद राधा ज्ञवालीले नेपालको भूभाग र सीमा सुरक्षाका लागि बजेटमा कुनै पनि योजना नभएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।प्रतिनिधिसभाको आजको...
काठमाडाैं, जेठ १९ : सांसद राधा ज्ञवालीले नेपालको भूभाग र सीमा सुरक्षाका लागि बजेटमा कुनै पनि योजना नभएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा उनले नेपालको भूभाग, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेत समेटिसकेको भए पनि संरक्षण गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन्।
उनले बजेटमा धेरै सिँचाइ आयोजना सरकारको प्राथमिकतामा नपरेको र स्थानीय तहको अधिकार क्षेत्रमा समेत केन्द्रले हस्तक्षेप गरेर बजेट छुट्टयाउने काम गरेको बताइन्।
सांसद विमला नेपालीले एक परिवार एक रोजगार, शिक्षालाई सीपसँग सीपलाई रोजगारसँग जोड्नुनपर्ने जरुरी भएको र नेपालको संविधानले जमिन नहुने दलित समुदायलाई जमिन उपलब्ध गराउने भनेको भए पनि त्यो कार्यान्वयन हुन नसकेको बताए। संविधानले आवासविहीनलाई आवास उपलब्ध गराउने भनिएता पनि त्यो बजेटले समेटन नसकेको उनको भनाइ थियो ।
सांसद दामोदर भण्डारीले वर्तमान सरकारले ल्याएको बजेट पाँच महिनामा खर्च गर्ने आधार नभएको र मुुुलुकमा खाद्य सङ्कट आउन सक्ने, कृषि रुपान्तरणको प्रभावकारी योजना नभएको बताउनुभयो । उहाँले बजेटमा युवा रोजगारमूलक कार्यक्रम नभएको, ठूलो पुर्वाधार निजी क्षेत्रलाई दिने कुरा गलत भएको र बजेटले युवा, विद्यार्थी, दलितलाई नसमेटी कालोबजारीलाई सहयोग गरेको बताए।
सांसद प्रमिला राईले प्रभावकारी कार्यान्वयन हुन सकेमा बजेट राम्रो भएको र सुर्तीजन्य पदार्थको बारेमा सकेसम्म १०० प्रतिशत कर लगाउन सरकारको ध्यानाकर्षण गराइन्। सांसद नारदमुनि रानााले संविधानले समाजवादोन्मुख स्वतन्त्र र आत्मनिर्भरमूलक अर्थतन्त्रको व्यवस्था भनिए पनि बजेट चुनावमुखी र वितरणमुखी रहेको बताए।
सांसद पार्वता डिसी चौधरीले बजेट राम्रो आएको र कार्यान्वयन प्रभावकारी हुन जरुरी भएको बताए। सांसद व्रिजेशकुमार गुप्ताले लुम्बिनीको सडक चार लेनको बनाउनुपर्ने सुझाव दिए। बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी छ।











-1787140035.png)