Kathmandu Press

तारा एयर दुर्घटनाका मृतकको शव परिवारलाई बुझाइयाे

काठमाडौं, जेठ १९ : तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ।काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि शव आफन्तको जिम्मा...
तारा एयर दुर्घटनाका मृतकको शव परिवारलाई बुझाइयाे

काठमाडौं, जेठ १९ : तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परिवारलाई बुझाइएको छ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि शव आफन्तको जिम्मा लगाइएको हो।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाज दुर्घटनामा मृत्यु भएकाको शव त्रिवि शिक्षण अस्पतालमा शव परीक्षणपछि आज परिवारलाई हस्तान्तरण गरिएको छ।

बुधबार राति पोष्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज १२ बजेभित्रै मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो।

मृतकमध्ये चार भारतीयको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने तथा दुई जर्मन नागरिकको शव त्यस देशतर्फ पठाइने जनाइएको छ ।

पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाकै मृत्यु भएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना चढेका थिए।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो।

मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा सोमबार बिहान फेलापरेको थियो।

विमान दुर्घटनाको छानबिन गर्न मन्त्रालयले सोमबार नै दुर्घटना जाँच आयोग समेत गठन गरेको छ। 

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्