Kathmandu Press

‘स्वदेशी उद्योगलाई थला पार्न स्यानिटरी प्याड आयातमा कर छुट’

सरकारले उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिँदै गर्दा दैनिक ओरालो लागिरहेको शेयर मार्केटको समस्या समाधान गर्ने कुरालाई बेवास्ता गरेको उनले बताए।
‘स्वदेशी उद्योगलाई थला पार्न स्यानिटरी प्याड आयातमा कर छुट’

काठमाडौं, जेठ १९ : नेकपा एमालेका सांसद खगराज अधिकारीले वर्तमान सरकार जनविरोधी रहेको आरोप लगाएका छन्। 
बिहीबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै अधिकारीले बजेटमार्फत ल्याइएका विभिन्न प्रावधानहरुले सरकार समाजवादउन्मुख कम जनतामारा बढी देखिएको बताएका हुन्। 

उनले कर्मचारीको तलब वृद्धि न्यायोचित ढंगले नगरिएको बताए । तलब वृद्धिबाट उच्च वेतन भएका कर्मचारीलाई फाइदा हुँदा न्यून बेतन भएका कर्मचारीलाई राहतसम्म हुन नसकेको उनले बताए ।‘जनताविरोधी सरकार हो भन्नेकुरा बजेटको तलबवृद्धिको कुराले पनि देखाएको छ,’ उनले भने। 

सरकारले उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिँदै गर्दा दैनिक ओरालो लागिरहेको शेयर मार्केटको समस्या समाधान गर्ने कुरालाई बेवास्ता गरेको बताए। ‘उनीहरुलाई आवश्यक ऋण र सुविधा दिने काम यो सरकारले गरेन । उत्पादकत्व वृद्धि गर्छु भन्न लाखौं लाख रोजगारी सिर्जना र पुँजी निर्मांण गरेका नेपालीहरुलाई कहिँ सम्बोधन भएको छ ?’ उनले प्रश्न गरे। 

अधिकारीले स्यानिटरी प्याड आयातामा ९० प्रतिशत कर छुट दिएर सरकारले स्वदेशी उद्योगलाई थला पार्न खोजेको बताए । यसबाट सरकारमा रहेका सदस्यहरुले आफ्ना नजिकका व्यक्ति पोस्नकै लागि यस्तो प्रावधान राखिएको उनले बताए।

उनले उद्योगधन्दामा विद्युत महसुल छुट गर्ने विषयको विरोध जनाएका छन् । ठूला ठूला व्यापारीको फाइदाका लागि अर्थमन्त्रीले यस्तो प्रवन्ध गरेको आरोप लगाए। त्यस्तै स्वास्थ्य विमाको कार्यक्रम निजी विमा कम्पनीमार्फत गर्ने निर्णय गरेर सरकार जनविरोधी रहेको कुरा अझै पुष्टि गरेको बताए। 

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्