वाग्मती प्रदेशसभाको बैठक पुनः सुरु
हेटाैंडा, जेठ १९ : वाग्मती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः सुरु भएको छ। नेकपा ९एमाले०को अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु...
हेटाैंडा, जेठ १९ : वाग्मती प्रदेशसभाको आज बिहान स्थगित भएको बैठक पुनः सुरु भएको छ। नेकपा ९एमाले०को अवरोधपछि रोकिएको प्रदेशसभा बैठक पुनः सुरु भएको हो।
एमालेले उठाएका विषयमा प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सदनमा जवाफ दिने र मुख्य सचिवको संयोजकत्वमा छानबिन समिति गठन गर्न सहमति जुटेपछि बैठक सुरु भएको हो।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलको लागि आज बिहान ८ बजे आह्वान गरिएको बैठक सुरु भएलगत्तै एमालेले अवरोध गरेपछि १० मिनेटको लागि स्थगित गरिएको थियो।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर अवरोध गरेका थिए।
त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए।
निरौलाले पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका तीन जना निजामती कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाएका थिए।
उहाँले त्यसको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायम राख्ने बताउनुभएपछि बैठक १० मिनेटको लागि स्थगन गरिएको थियो।
तर, करिब साढे २ घण्टापछि मात्रै बैठक सुुरु भएको छ। बैठकमा सांसदहरुले आगामी आवको लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धारणा राखिरहेका छन्।











-1787140035.png)