Kathmandu Press

जावलाखेलस्थित वीरेन्द्रको सालिकमा माल्यार्पण

काठमाडाैं, जेठ १९ : नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ।१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम...
जावलाखेलस्थित वीरेन्द्रको सालिकमा माल्यार्पण

काठमाडाैं, जेठ १९ : नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ।

१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहसहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालीन सभामुख तारानाथ रानाभाटसहितको छानबिन समिति बनाइएको थियो।

उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्वजनिक गरेको थियो।

यसैबीच स्वर्गीय राजा वीरेन्द्रको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली गरी उनलाई स्मरण गरिएको छ।

स्व.राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पुर्‍याएको योगदानलाई कदर गर्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठान, योगी नरहरीनाथ.ट्रष्ट लगायतले ललितपुरको जावलाखेलस्थित सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली कार्यक्रम गरेको हो।

 

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्