‘गुणस्तरीय शिक्षाका लागि शिक्षक सबल बनाउनुपर्छ’
काठमाडाैं, जेठ १९ : प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष...
काठमाडाैं, जेठ १९ : प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्ति छलफलका विषयमा उनले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिएका हुन्।
'विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिने व्यवस्था छ, तर सोचेअनुसार हुनसकेको छैन,' सांसद पोखरेलले भने, 'शिक्षकलाई सबल बनाउनुपर्छ भने विद्यालय प्रविधिमैत्री बनाउनुपर्छ।'
उनले प्राविधिक शिक्षामा संविधानको अवधारणअनुसार सिकाउने र पाठ्यक्रममा शिक्षा मन्त्रालय मानव संशाधन मन्त्रालयका रूपमा हेरिनुपर्ने सुझावसमेत दिए।
स्वास्थ्य र शिक्षाका कुरामा आएको बजेट राम्रो भएको तर स्वास्थ्य बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन हुन नसकेको उल्लेख गर्दै उनले भने, 'यो कम्पनीलाई दिने कुरा कुनै कोणबाट हेर्दा पनि सन्तोजनक हुनसकेको छैन, यसलाई पुनरावलोकन गर्न म आग्रह गर्छु।'
बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी छ।











-1787140035.png)