राष्ट्रपति काजी कालु पाँडेको समाधिस्थलमा
काठमाडाैं, जेठ १९ : राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल कीर्तिपुर नगरपालिका-१ दहचोकस्थित समाधिस्थलमा आएकी छन्।काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु...
काठमाडाैं, जेठ १९ : राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडेको समाधिस्थल कीर्तिपुर नगरपालिका-१ दहचोकस्थित समाधिस्थलमा आएकी छन्।
काजी कालु पाँडेको कीर्तिपुर लडाइँका क्रममा मृत्यु भएको दिनको स्मरणमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी आएकी हुन्।
राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभाका सदस्य कृष्णगोपाल श्रेष्ठ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, कीर्तिपुर नगरपालिकाका प्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठलगायतले स्वागत गरेका थिए।
राष्ट्रपति भण्डारीले कालु पाँडेको प्रतिमामा श्रद्धाञ्जलि अर्पण गरिन्। उनले त्यहाँस्थित दहचोक भ्युटावरको पनि अवलोकन गरिन्।
प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1787140035.png)