Kathmandu Press

अर्थमन्त्रीलाई गगनको प्रश्न : शक्तिशाली नेताको निर्वाचन क्षेत्रमा बजेट खन्याउने प्रवृत्ति अन्त्य भयो?

उनले बजेटका आकार, स्रोत व्यवस्थापन, वैदेशिक अनुदान, पुँजीगत खर्च लगायतका विभिन्न विषयमा अर्थमन्त्रीसँग प्रश्न गरेका हुन्। 
अर्थमन्त्रीलाई गगनको प्रश्न : शक्तिशाली नेताको निर्वाचन क्षेत्रमा बजेट खन्याउने प्रवृत्ति अन्त्य भयो?

काठमाडौं, जेठ १९ : नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्मालाई आमागी आर्थिक वर्ष २०७९÷०८० को बजेटका सम्बन्धमा ८ प्रश्न गरेका छन्। 

उनले बजेटका आकार, स्रोत व्यवस्थापन, वैदेशिक अनुदान, पुँजीगत खर्च लगायतका विभिन्न विषयमा अर्थमन्त्रीसँग प्रश्न गरेका हुन्। 

यस्ता छन् गगनले राखेका प्रश्नः 

१. बजेटको आकारको सन्दर्भमा खर्च गर्ने क्षमता नभएर चालु आर्थिक वर्षमा आकार संसोधन गर्नुभयो । स्रोत व्यवस्थापनमा हामीले के नयाँ गर्दैछौं, क्षमता अभिवृद्धि गर्ने कुरामा के नयाँ गर्दैछौं ? के आधारमा बजेटको आकार बढाइयो? 

२. स्रोत व्यवस्थापन अर्थतन्त्र ७ प्रतिशत राजस्व वृद्धि २० प्रतिशत कसरी बढ्छ ? यो वर्ष राजस्व संकलन अरु वर्षमा भन्दा कम हुने देखिन्छ, यस्तो अवस्थामा राजस्व बढाउँछु भन्दै गर्दा मलाई कसरी आश्वस्त पार्नुहुन्छ? 

३. वैदेशिक अनुदान ६३ अर्ब आउँछ भनिएकोमा २४ अर्ब आएको थियो, अहिले ५५ अर्ब आउँछ भनिएको छ, अनुमान गरिएको स्रोत आश्वस्त कसरी पार्नुहुन्छ ? 

४. हामी त्यस्तो के नयाँ गर्छौं, जसकारण अघिल्लो वर्षको तुलनामा पुँजीगत खर्च बढ्छ? 

५. मन्त्रालयहरुले ल्याएको कार्यक्रमलाई एकठाउँमा समायोजन गर्ने हो कि अर्थमन्त्रालयले त्यसका आधारभूत कुराहरुलाई बदल्ने उपयुक्त हो कि होइन? 

६. सामाजिक सुरक्षाको कोणबाट थप्दै गरेको कुराहरु स्वागतयोग्य छ । तर यसरी थपिँदै जादाखेरी पछाडि आउने पुस्ताहरुले दायित्व थेग्न सक्छ? जुन सरकारले जति दायित्व थप्छ संगसंगै आम्दानी पनि संगसंगै गर्नुपर्ने कुरामा ध्यान पुग्नुपर्ने हो कि होइन? 

७. शक्तिशाली व्यक्तिहरुको निर्वाचन क्षेत्रमा प्रशस्त रुपमा बजेट जाने प्रचलन छ, यो पटक फरक ढंगले आएको छ भन्ने कुराको आधार के हुनसक्छ? 

८. अर्थमन्त्राले लिने एउटा कुनै नीतिले कुनै एउटा समूहलाई मात्रै फाइदा हुने काम मात्रै भयो भने, पूर्ववर्ती सरकारले गरेका कुरामा जसमा हामीले प्रश्न उठायौं, त्यसभन्दा फरक के भयो ?  
 

प्रकाशित मिति: १२:५० बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्