नेविसंघद्वारा त्रिवि पदाधिकारी कार्यालयमा तालाबन्दी
काठमाडौं, जेठ १९ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा तालाबन्दी गरेकाने छ।नेविसंघ त्रिवि समितिले आज...
काठमाडौं, जेठ १९ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा तालाबन्दी गरेकाे छ।
नेविसंघ त्रिवि समितिले आज (बिहीबार) कीर्तिपुरस्थित त्रिवि पदाधिकारीको कार्यालयमा तालाबन्दी गरेको हो।
त्रिवि पदाधिकारीको बर्खास्ती, त्रिविबाट स्नातक गरेका विद्यार्थीलाई त्रिविमै रोजगारीको ग्यारेन्टी, स्ववियु निर्वाचनलगायत विभिन्न माग राखेर विद्यार्थीहरूले उपकुलपति कार्यालयसहित रेक्टर र रजिस्टार कार्यलयमा ताला लगाएका हुन्।
नेविसंघले यस्तै माग राखेर माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो। तर बुधबार नेकपा (क्रान्तिकारी) ले ताला फुटाएको थियो। यसको नेविसंघले विरोधसमेत गरेको छ।
नक्कली विज्ञप्ति टाँस गरी नेविसंघले लगाएको ताला फुटाउनु खेदजनक रहेको नृविसंघको भनाइ छ। कम्युनिस्ट लालझन्डाको आवरणमा त्रिवि पदाधिकारीले गर्ने सबै षड्यन्त्रको प्रतिवाद गर्ने चेतावनी पनि नेविसंघले दिएको छ।
तालाबन्दीपछि नेविसंघ त्रिवि समतिका सचिव योगेन्द्र रावलले जारी गरेको विज्ञप्तिमा माग पूरा नभए र ताला फुटाउने कुचेष्टा दोहोरिए सशक्त प्रतिकार गर्ने र त्यसको जिम्मेवार त्रिवि पदाधिकारी हुनुपर्ने उल्लेख छ।












-1787140035.png)