Kathmandu Press

दशैं-तिहारमा आयात घट्दा व्यापार घाटामा सुधार

काठमाडाैं, कात्तिक १६ : मुख्य चाडवाड दशै र तिहारमै आयात ह्वात्यै घटेको छ। जसले ब्यापार घाटामा सुधार देखिएको छ।

चालु आर्थिक वर्ष २०७६/७७ को प....

दशैं-तिहारमा आयात घट्दा व्यापार घाटामा सुधार

काठमाडाैं, कात्तिक १६ : मुख्य चाडवाड दशै र तिहारमै आयात ह्वात्यै घटेको छ। जसले ब्यापार घाटामा सुधार देखिएको छ।

चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा आयात ३८ अर्ब ६३ करोड रुपैयाँले घटेको भन्सार विभागले जनाएको छ। जुन गत वर्षभन्दा १०.३४ प्रतिशतले कमि हो। विगतका वर्षमा सबैभन्दा धेरै आयात हुने समय भएपनि यसवर्ष भने गतवर्षको तुलनामा आयात घटेको हो।

चालु आर्थिक वर्षमा तीन खर्ब ३४ अर्ब ९४ करोढ ९३ लाख रुपैयाँ बराबरको सामान आयात भएको छ। तर गत वर्ष तीन खर्ब ७३ अर्ब ५८ करोढ ७२ लाख रुपैयाँ बराबरको सामान आयात भएको थियो।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, साउनदेखि असोज महिनासम्म निर्यात भने १४ प्रतिशतले बढेको छ। गत वर्ष २३ अर्ब ७४ करोड रुपैयाँ बराबरको सामान निर्यात भएकोमा चालु वर्षको तीन महिनामा २७ अर्ब १६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ।

आयात कम हुदाँ चालु वर्षको तीन महिनामा व्यापार घाटा समेत कम भएको छ। गतवर्ष तीन महिनामा व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा चालु वर्ष घटेर तीन खर्ब सात अर्ब ७८ करोड रुपैयाँमा झरेको छ। जुन गत वर्षभन्दा व्यापार घाटा १२ प्रतिशतले कम हो।

तीन महिनाको व्यापारको अवस्था

 

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, कात्तिक १५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्