Kathmandu Press

हार्दिक पटेल चुनाव लड्ने

काठमाडौं, माघ २४ : भारतका चर्चित युवा नेता हार्दिक पटेल लोकसभा चुनाव लड्ने भएका छन् । उनले लखनउमा पत्रकारसँग कुराकानी गर्दै अगामी लोकसभा चुनाव लड्ने ब....

हार्दिक पटेल चुनाव लड्ने
एजेन्सी

काठमाडौं, माघ २४ : भारतका चर्चित युवा नेता हार्दिक पटेल लोकसभा चुनाव लड्ने भएका छन् । उनले लखनउमा पत्रकारसँग कुराकानी गर्दै अगामी लोकसभा चुनाव लड्ने बताएका हुन् ।

गुजरातको पाटीदार समुदायका नेता हार्दिकले कुन दलबाट चुनाव लड्ने भने खुलाएका छैनन् । स्वतन्त्र उम्मेदवारका रुपमा पनि चुनाव लड्ने संकेत गरेका छैनन् ।
लखनउमा बुधबार पत्रकारले चुनाव लड्ने विषयमा सोधेको प्रश्नमा हार्दिकले भने, “बिलकुल, म २०१९ मा चुनाव लड्ने छु ।”

उनी पाटीदार अनामत आन्दोलन समितिमार्फत चर्चामा आएका थिए । उनले गुजरातमा आन्दोलन गरेका थिए । उनले कुन पार्टीबाट चुनाव लड्ने पछि तय हुने बताएका छन् ।

भारतीय मिडियाका अनुसार, उनी कांग्रेसमा सामिल हुन सक्ने छन् । उनलाई कांग्रेसमा सामिल गर्ने विषयमा छलफल चलिरहेको जनाएको छ । कांग्रेस स्रोतलाई उल्लेख गदै भारतीय मिडियाले लेखेका छन, ‘कांग्रेस प्रवेशका लागि छलफल चलिरहेको छ । कांग्रेसबाट चुनाव लड्न हार्दिक सकारात्मक देखिएका छन् ।’

उनी गुजराताको मेहसाणा वा अमरेलीबाट चुनाव लड्ने जनाएको छ । यी क्षेत्रमा पाटीदार समुदायको बाहुल्यता छ । तर, मेसाणा क्षेत्रमा भने उनलाई प्रवेश गर्न रोक लगाएको छ । पाटीदार आन्दोलनका क्रममा हिंसा फैलाएको आरोपमा अदालतले उनलाई प्रवेशमा रोक लगाएको थियो ।

उनले यसका विरुद्ध उच्च अदालतमा निवेदन दिएका छन् । यदि उच्च अदालतले उनलाई मेहसाणा प्रवेशको अनुमति दियो भने उनी त्यहीबाट चुनाव लड्ने जनाएको छ । अदालतले अनुमति नदिए भने उनी अमरेलीबाट चुनाव लड्ने छन् ।

हार्दिकले चुनावी मैदानमा आउँदा भारतीय जनता पार्टीलाई असर पर्ने छ । गुजरातामा भाजपा सन् १९९५ देखि लगातार सरकार बनाइरहेको छ । सन् २०१४ को लोकसभा चुनावमा पनि भाजपाले यहाँका सबै २६ सिटमा जित हासिल गरेको थियो ।

हार्दिकको प्रवेशले भने सन् २०१९ को लोकसभा चुनावमा असर पर्ने जनाएको छ ।

प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, माघ २४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्