Kathmandu Press

जहाज दुर्घटना: मृतकको शव परिवारको जिम्मा लगाइँदै

काठमाडौं, जेठ १९ : पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आज परिवारको जिम्मा लगाइँदै छ।जेठ १५...
जहाज दुर्घटना: मृतकको शव परिवारको जिम्मा लगाइँदै

काठमाडौं, जेठ १९ : पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका २२ जनाको शव आज परिवारको जिम्मा लगाइँदै छ।

जेठ १५ गते बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाजर मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। जहाजमा सवार १९ यात्रु र तीन जना चालक दलका सदस्यको मृत्यु भएको थियो।

यार्सागुम्बा खोज्न गएका स्थानीय बासिन्दाले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेका थिए। उनीहरुले स्थानीय प्रशासनलाई खबर गरेपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजबिन गरेको थियो।

दुर्घटनामा सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको थियो। उनीहरुको शव सुरक्षाकर्मीले पोखरा हुँदै काठमाडौं ल्याएका थिए।

सबै जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ। बुधबार पोस्टमार्टम गरिएको र आज शव आफन्तको जिम्मा लगाइने भएको छ।

 

प्रकाशित मिति: ०७:४९ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्