गरिमा विकास बैंकले १७ प्रतिशत बोनस शेयर दिने
काठमाडौं, कात्तिक १५ : गरिमा विकास बैंक संचालक समितिको बैठकले शेयरधनीलाई १७ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिले कात्तिक....

काठमाडौं, कात्तिक १५ : गरिमा विकास बैंक संचालक समितिको बैठकले शेयरधनीलाई १७ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिले कात्तिक १४ गते बसेको २३४औं बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो।
बैंठकले हाल कायम चुक्ता पूँजीको १६.१५ प्रतिशत अर्थात ४५ करोड तीन लाख रुपैयाँ बराबरको बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०.८५ प्रतिशतले हुन आउने दुई करोड ३७ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्।
प्रकाशित मिति: १२:३७ बजे, शुक्रबार, कात्तिक १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
