कर्मचारी समायोजनसम्बन्धी विवाद बृहत् पूर्ण इजलासमा
काठमाडौं, जेठ १९ : कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा हुने भएको छ।न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले...
काठमाडौं, जेठ १९ : कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासमा हुने भएको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले विवाद सम्बन्धी मुद्दालाई बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि पठाएको हो।
न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासको रायमा फरक मत आएपछि उक्त विवादलाई बृहत् पूर्ण इजलासमा पठाउन आदेश दिएको हो।
कर्मचारी समायोजन संविधान र कानूनअनुसार नभएको उल्लेख गर्दै सर्वोच्च अदालतमा ९९ वटा रिट परेका छन्। ती निवेदनमाथि सुनुवाइपछि बृहत् पूर्ण इजलासमा पठाउने आदेश गरेको हो।
प्रकाशित मिति: ०६:३१ बजे, बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1787140035.png)