Kathmandu Press

मच्छिन्द्रनाथको रथ जावलाखेलमा (फोटोफिचर) 

तीन सातासम्म लगनखेलमा रहेको रथ बुधबार गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि विभिन्न टोलका बासिन्दा भेला भएर रथ तानेर जावलाखेल पुर्‍याएका हुन्।
मच्छिन्द्रनाथको रथ जावलाखेलमा (फोटोफिचर) 

काठमाडौं, जेठ १८ : रातो मच्छिन्द्रनाथको रथ बुधबार जावलाखेल लगिएको छ।

तीन सातासम्म लगनखेलमा रहेको रथ बुधबार गुरुज्यूको पल्टनले हर्षबढाइँ गरेपछि विभिन्न टोलका बासिन्दा भेला भएर रथ तानेर जावलाखेल पुर्‍याएका हुन्। रथलाई जावलाखेल लगेपछि भोटो देखाउने मितिले औपचारिकता पाउँछ।

यो वर्ष जेठ २१ गते भोटो जात्रा गर्ने तयारी गरिएको  छ ।  रथयात्रा गत वैशाख २१ गते पुल्चोकबाट सुरु भएको थियो । 

 

प्रकाशित मिति: २०:४२ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्