कात्तिकमै चुनाव गर्ने विषयमा गठबन्धनमा छलफल
काठमाडौं, जेठ १८ : स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सत्तारुढ पाँच दलीय गठबन्धनबीच संसदीय निर्वाचन गर्ने विषयमा पनि छलफल अघि बढाएका छन् । स्थानीय...
काठमाडौं, जेठ १८ : स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै सत्तारुढ पाँच दलीय गठबन्धनबीच संसदीय निर्वाचन गर्ने विषयमा पनि छलफल अघि बढाएका छन् ।
स्थानीय तहको निर्वाचनको समीक्षा गर्न सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा संसदीय निर्वाचन गर्ने विषयमा छलफल भएको हो। कात्तिकभित्रमा नै संसदीय निर्वाचन गर्ने विषयमा बैठकमा सहभागी एक नेताले बताए ।
कात्तिक वा मंसिरको पहिलो साता कुन समयमा गर्न उपयुक्त हुन्छ भन्नेबारे पनि विभिन्न नेताहरूका धारणा आएको भन्दै दलहरू छिट्टै सहमतिमा पुग्ने बताईएको छ ।
प्रकाशित मिति: १८:४८ बजे, बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1787140035.png)