Kathmandu Press

स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपरौं : प्रचण्ड 

काठमाडौं, जेठ १८  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अझै कैयौँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई...
स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपरौं : प्रचण्ड 

काठमाडौं, जेठ १८  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा अझै कैयौँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताएका छन् । 

काठमाण्डौ र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नो पार्टीलाई पाठ सिकाएको भएपनि स्वतन्त्रको राज्य नचल्ने जिकिर गरेका हुन् । 

आज बुधवार काठमाडौंमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रचण्डले चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डले जिकिर गरे । 

अध्यक्ष प्रचण्डले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रूपमा नलिन पनि चेतावनी दिए ।

प्रकाशित मिति: १८:३७ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्