पशुपति धर्मशालामा बतास समूहले हाेटल सञ्चालन गर्न नपाउने
काठमाडाैं, जेठ १८ : बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटाे बन्द भएकाे छ। बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले काठमाडौं जिल्ला अदालतले...
काठमाडाैं, जेठ १८ : बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटाे बन्द भएकाे छ। बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले काठमाडौं जिल्ला अदालतले गरेकाे अन्तरकालीन आदेश बदर गरिदिएको हो ।
यसअघि गत चैत २५ गते बतास समूहको पक्षमा काठमाडौं जिल्ला अदालतले अन्तरकालीन आदेश दिएकाे थियाे।
पशुपति क्षेत्र विकास कोषले करार भंग भएको भन्दै बतास समुहलाइर् होटल सञ्चालन गर्न नदिएपछि बतासले अदालतमा मुद्दा हालेकाे थियो। जिल्ला अदालत काठमाडौंले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो।
सो अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश पोखरेलको इजलासले कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुन बमोजिम नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको हो।
प्रकाशित मिति: १८:३४ बजे, बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











