बजेट कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्री शर्माकाे आग्रह
काठमाडाैं, जेठ १८ : अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्ट रुपमा आएकाले कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा आर्थिक वर्ष...
काठमाडाैं, जेठ १८ : अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट प्रस्ट रुपमा आएकाले कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेटमा उल्लेख कार्यक्रम स्रोत साधन परिचालनको विधि प्रस्ट भएको बताएका हुन्।
कृषि उत्पादन, बजारीकरण तथा प्रशोधनमा श्रम गर्न युवाहरुलाई परिचालन गरेर रोजगारी सिर्जना गर्ने सरकारको योजना रहेको उहाले बताए।
उनले सरकारसँग कृषि कार्यक्रम, योगदानमा आधारित किसान पेन्सन जस्ता कार्यक्रमले किसानको सम्मान गर्ने, किसानको मनोबललाई उठाउने उदेश्यका साथ आएको बताए।
संघीयतालाई कार्यान्वयन र बलियो बनाउन वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाइने अर्थमन्त्री शर्माले बताए। उनले मुलुकको विकासका लागि राष्ट्रिय गौरवका आयोजनाहरुलाई बजेट अभाव हुन नदिने जिकिर गरे।
राष्ट्रियसभाको अर्को बैठक बिहीबार बोलाइएको छ।











