Kathmandu Press

प्रधानमन्त्री देउवा र महानगर प्रमुख बालेनबीच भेट, राम्रा काममा सरकार र कांग्रेसले साथ दिने प्रतिबद्धता

महानगर प्रमुख साहले पनि आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।
प्रधानमन्त्री देउवा र महानगर प्रमुख बालेनबीच भेट, राम्रा काममा सरकार र कांग्रेसले साथ दिने प्रतिबद्धता

काठमाडौं, जेठ १८ : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र (बालेन) साहले भेट गरेका छन्।

आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेस दुवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।

महानगर प्रमुख साहले पनि आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

भेटमा प्रधानमन्त्रीले महानगरको प्रमुखमा विजयी भएकोमा बालेनले बधाई दिएका थिए।

प्रकाशित मिति: १८:११ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्