Kathmandu Press

बागलुङमा एकाबिहानै भूकम्पको धक्का

गलेश्वर, कात्तिक १५ : बागलुङ र म्याग्दीको पश्चिमी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

बिहान ३:५१ बागलुङको अधिकारी चौरलाई केन्....

बागलुङमा एकाबिहानै भूकम्पको धक्का

गलेश्वर, कात्तिक १५ : बागलुङ र म्याग्दीको पश्चिमी क्षेत्रमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

बिहान ३:५१ बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ।

एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए।

त्यसैगरी बागलुङलगायत छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ। भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, कात्तिक १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्