Kathmandu Press

माओवादीले जितेका पालिकाहरूमा भक्तपुरले जस्तै काम गर्न प्रचण्डकाे आग्रह

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले जितेका पालिकाहरूमा भक्तपुरले जस्तै काम गर्न आग्रह गरेका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आज (बुधबार)...
माओवादीले जितेका पालिकाहरूमा भक्तपुरले जस्तै काम गर्न प्रचण्डकाे आग्रह

काठमाडाैं, जेठ १८ : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूले जितेका पालिकाहरूमा भक्तपुरले जस्तै काम गर्न आग्रह गरेका छन्। 

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आज (बुधबार) काठमाडौंको कुमारी हलमामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले उनले भक्तपुर नगरपालिकामा काम भएजस्तै गर्न निर्देशन दिएका हुन्। 

‘हामीसँग १२२ प्रमुख/अध्यक्ष छन्। १२२ पालिकालाई भक्तपुर नगरजस्तो बनाउन सकिएला?’ उनले प्रश्न गरे, ‘१२२ लाई भक्तपुर नगरजस्तो बनाउन पाउने हो भने त्यसपछि त ७५३ वटै भक्तपुर हुन थाल्छन्।’

नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिले भक्तपुरमा राम्रो काम गरेको हुँदा नै जनताले दोहोर्‍याएको उनको भनाइ थियो। 

उनले अर्को स्थानीय तह चुनावमा माओवादी नै हो देश बनाउने जनताको माया गर्ने, सेवा गर्ने, सुशासन दिने, भ्रष्टाचार रोक्ने  र समाजवाद ल्याउने भनेर देखाउनुपर्ने बताए। 

‘जनताको मन जितेर अर्कोपटक १२२ स्थानीय तहमा माओवादीको नयाँ आधार इलाका बनाउनुपर्छ,’ उनले भने, ‘समाजवादको भ्रूण पनि त्यहीँबाटै बन्दैछन्।’

प्रकाशित मिति: १५:४५ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्