Kathmandu Press

माओवादीमा अहिले पहिचानको संकट देखिन थालेको छ : प्रचण्ड

काठमाडाैं, जेठ १८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले उन्नत विचारको पक्षपोषण गर्ने दल भए पनि माओवादीमा अहिले पहिचानको संकट देखिन थालेको...
माओवादीमा अहिले पहिचानको संकट देखिन थालेको छ : प्रचण्ड

काठमाडाैं, जेठ १८ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले उन्नत विचारको पक्षपोषण गर्ने दल भए पनि माओवादीमा अहिले पहिचानको संकट देखिन थालेको बताएका छन्।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन आज (बुधबार) काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी हिजोको जस्तो क्रान्तिकारी नदेखिएको र जनताको सेवाबाट विमुख हुँदै गएको भान जनतामा पर्दै गएको उल्लेख गरे।

माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको उल्लेख गर्दै प्रचण्डले माओवादी पहिलेजस्तै जनतासँगै रहेर खेतीपातीको काम गर्ने, जनता बरिामी पर्दा सहयोग गर्ने र शिक्षाको कुरामा पनि जनताको सेवा गर्ने पार्टी हुनुपर्नेमा जोड दिए। 

जनतालाई माओवादीका जनप्रतिनिधि अझ बढी खराब छन् भन्ने लागेको बताउँदै उनले त्यस्ता धारणालाई मेट्नुपर्ने आवश्यकता औंल्याए।

‘हामी उन्नत विचारको पक्षपोषण गर्छौं। समाजवादी क्रान्तिको तयारीको गर्छौं। उन्नत र सुसंस्कृत मानिसको कुरा गर्छौं। तर, हिजो हामी जनयुद्धमा थियौं। क्रान्तिकारी जनआन्दोनलमा थियौं। त्याग र बलिदानको कीर्तिमान गर्थ्याैं,' उनले भने, 'हामी क्रान्तिकारी रुपान्तरणका अभियन्ता थियौं। सामाजिक क्रान्तिका लागि जस्तोसुकै वलिदानी भन्थ्यौं, गर्थ्याैं र माओवादी जनताले सजिलै चिन्थे। माओवादी अर्कै हुन् र अरु पार्टी अर्कै हुन्। तर अब त्यस्तो रहेन।’


उनले 

प्रकाशित मिति: १५:०१ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्